BIZMANDU
www.bizmandu.com

सनराइजबाट अवकाशपछि नबिल बैंकको स्वतन्त्र सञ्चालकमा आशा राणा, ३१ वर्षको अनुभव

२०७७ असार १६

सनराइजबाट अवकाशपछि नबिल बैंकको स्वतन्त्र सञ्चालकमा आशा राणा, ३१ वर्षको अनुभव
सनराइजबाट अवकाशपछि नबिल बैंकको स्वतन्त्र सञ्चालकमा आशा राणा, ३१ वर्षको अनुभव


काठमाडौं। नबिल बैंकले स्वतन्त्र सञ्चालकमा आशा राणा अधिकारीलाई नियुक्त गरेको छ। सनराइज बैंकबाट दुई महिनाअघि अवकाश भएकी उनलाई इला शर्माले राजीनामा गरेपछि सञ्चालकका रूपमा भित्र्याइएको हो।

Tata
GBIME
Nepal Life

राणा सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएकी थिइन्।

उनले कामु प्रमुख कार्यकारीका रूपमा पनि सनराइज बैंकको ब्यवस्थापन नेतृत्व गरेकी थिइन्। 

विगत ३१ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राणा सनराइजअघि हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्षभन्दा बढी काम गरेकी थिइन्। उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन्।