BIZMANDU
www.bizmandu.com

सीडीएससीले प्रमुख कार्यकारी नियुक्ति प्रकृया अगाडि बढायो, कस्ता ब्यक्तिले आवेदन दिन सक्छन्?

२०७७ असार १६

सीडीएससीले प्रमुख कार्यकारी नियुक्ति प्रकृया अगाडि बढायो, कस्ता ब्यक्तिले आवेदन दिन सक्छन्?
सीडीएससीले प्रमुख कार्यकारी नियुक्ति प्रकृया अगाडि बढायो, कस्ता ब्यक्तिले आवेदन दिन सक्छन्?


काठमाडौं। लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पद पूर्तिका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्रकृया अगाडि बढाएको छ। 

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको सीडीएससीले आजको १५ दिनभित्र इच्छुकलाई आवेदन दिन माग गरेको छ। उमेद्वार अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, ब्यवस्थापन तथा वाणिज्य कानुनमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनु पर्छ। 

पुँजी बजार वा उद्योग, वाणिज्य, वित्त तथा लेखा र कानुन क्षेत्रहरुमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हुनु पर्ने छ। ३५ पूरा भइ ६० वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन्।

उमेद्वारले ब्यवसायिक कार्य योजना तयार पार्नु पर्नेछ। त्यसमा पुँजी बजार तथा केन्द्रीय निक्षेप सम्बन्धि अन्तर्राष्ट्रिय परिदृष्य तथा नेपालको अवस्थाको विश्लेषण गर्नु पर्नेछ। संस्थागत ब्यवसायिक योजना पनि तयार पार्नु पर्नेछ। 

प्रमुख कार्यकारी अधिकृतको पदावधि चार वर्षको हुनेछ। मासिक पारिश्रमिक र सुविधाहरु तोकिएको छैन।