BIZMANDU
www.bizmandu.com

लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय, हवाई उडानमा पनि प्रतिबन्ध कायमै

२०७७ असार १५

लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय, हवाई उडानमा पनि प्रतिबन्ध कायमै
लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय, हवाई उडानमा पनि प्रतिबन्ध कायमै

Tata
GBIME

काठमाडौं।  सरकारले साउन ७ गते सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। असार १ गते देखि लकडाउन खुकुलो गरेको सरकारले लकडाउन कायम रहेको तर जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको बताएको थियो।

तर सरकारले कहिलेसम्म लकडाउन जारी रहन्छ भन्ने कुरा बताएको थिएन। यस्तै, सरकारले हवाई उडान पनि ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे।