BIZMANDU
www.bizmandu.com

बिहेको सिजनमा पनि सुनसान छ सुनचाँदी बजार, तोलाकै ९१३०० रुपैयाँ

२०७७ असार १५

बिहेको सिजनमा पनि सुनसान छ सुनचाँदी बजार, तोलाकै ९१३०० रुपैयाँ
बिहेको सिजनमा पनि सुनसान छ सुनचाँदी बजार, तोलाकै ९१३०० रुपैयाँ


काठमाडौं। सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ।

Tata
GBIME

सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ। 

त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ। सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो। 

सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना विक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुले बिबाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना विक्री नभएको बताएका छन्। 

सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन।