BIZMANDU
www.bizmandu.com

६ महिनादेखि रोकिएको टेस्लाका दुई गाडी छाड्यो भन्सारले, एउटा कन्टेनरमा काठमाडौं आयो

२०७७ असार १५

६ महिनादेखि रोकिएको टेस्लाका दुई गाडी छाड्यो भन्सारले, एउटा कन्टेनरमा काठमाडौं आयो
६ महिनादेखि रोकिएको टेस्लाका दुई गाडी छाड्यो भन्सारले, एउटा कन्टेनरमा काठमाडौं आयो


काठमाडौं। सर्वोच्च अदालतले ६ महिनादेखि रोकिराखेको टेस्लाका दुई गाडी तत्काल छाड्न आदेश दिएपछि वीरगंज भन्सार कार्यालयले आइतबार छाडिदिएको छ। भन्सारले एउटा कन्टेनरमा हालेर काठमाडौं पुर्‍याउन स्वीकृति दिएको हो।

Tata
GBIME
Nepal Life

स्वीकृतिसँगै सोमबार बिहान काठमाडौंमा गाडी ल्याइसकिएको छ। लामो समय त्यतिकै थन्किएकाले गाडी स्टार्ट भने हुन सकिरहेको छैन।

श्रीमा डिष्ट्रिब्युसन नेपाल प्रालिले टेस्ला मोडेलको दुई विद्युतीय गाडी मगाएको थियो। आधिकारिक एजेन्सी नलिइ कम्पनीले गाडी आयात गरेको भन्दै भन्सारले जाँचपास गरेर धादिङको बेनिघाट पुगेपछि फिर्ता ल्याएको थियो।

लामो समयदेखि गाडी नछुटेपछि कम्पनीले सर्वोच्चमा रिट हालेको थियो। अदालतले भन्सार कार्यालयलाई गाडी फिर्ता दिनु भन्दै श्रीमाको पक्षमा फैसला गरेको थियो। 

सर्वोच्चले दिएको अन्तरिम आदेश पुनरावलोकनका लागि भन्सार कार्यालय फेरि 'भ्याकेट' मा गएको थियो। त्यो भ्याकेटलाई सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो। भ्याकेट खारेजपछि भन्सारले आइतबार छाड्ने निर्णय गरेको हो।