BIZMANDU
www.bizmandu.com

इप्पान अध्यक्षमा सूर्यप्रसाद अधिकारी र कृष्ण आचार्यको उम्मेदवारी, उपाध्यक्ष र सचिवमा ६/६ जना

२०७७ असार १३

इप्पान अध्यक्षमा सूर्यप्रसाद अधिकारी र कृष्ण आचार्यको उम्मेदवारी, उपाध्यक्ष र सचिवमा ६/६ जना
इप्पान अध्यक्षमा सूर्यप्रसाद अधिकारी र कृष्ण आचार्यको उम्मेदवारी, उपाध्यक्ष र सचिवमा ६/६ जना

Tata
GBIME
Nepal Life

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्षका लागि सूर्यप्रसाद अधिकारी र कृष्णप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। असार १५ गते इप्पानको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।

अध्यक्षका उम्मेदवार अधिकारी बराही हाइड्रोपावर कम्पनीका अध्यक्ष हुन भने आचार्य बिन्ध्याबासिनी हाइड्रोपावर डेभलोपमेन्ट कम्पनीका अध्यक्ष हुन्।

अधिकारी यसअघि रुग्ण जलविद्युत आयोजना संघर्ष समितिको संयोजक समेत रहेका थिए। उपाध्यक्ष र सचिवमा भने ६/६ जनाले उमेदवारी दर्ता गराएका छन्। उपाध्यक्ष र सचिवमा ३/३ जना निर्वाचित हुने व्यवस्था रहेको छ।

उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष कुमार पाण्डे सहित वर्तमान महासचिव आशिष गर्ग, गणेश कार्की, बलराम खतिवडा, भरतबहादुर खत्री र उत्तम भ्लोन लामाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरि महासचिवमा गोरे शेर्पा र मोहनकुमार डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। सचिवमा भरत लामिछाने थापा, प्रकाश दुलाल, राम प्रसाद आचार्य, आनन्द चौधरी, हिमप्रसाद पाठक र सुमनकुमारी जोशीले उम्मेदवारी दर्ता गराएका छन्।

कोषाध्यक्षमा भने सुधिरप्रसाद तिमिल्सिना र मिथुन पौडेलले उम्मेदवारी दिएका छन्।