BIZMANDU
www.bizmandu.com

‘क्वीक भुक्तानी’ डिस्काउन्टिङ प्लाटफर्म प्रयोग गर्न सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

२०७७ असार ९

‘क्वीक भुक्तानी’ डिस्काउन्टिङ प्लाटफर्म प्रयोग गर्न सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता
‘क्वीक भुक्तानी’ डिस्काउन्टिङ प्लाटफर्म प्रयोग गर्न सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता


काठमाडौँ। सिद्धार्थ बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रालिबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोग सम्बन्धि सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो। 

सम्झौता अनुसार, सिद्धार्थ बैंकले आफ्ना  ग्राहकहरुलाई यो प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ। एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ। 

‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लाटफर्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ,' विज्ञप्तिमा भनिएको छ। 

यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ। 

यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ।