BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरले जनप्रतिनिधि र कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने घोषणा

२०७७ असार ४

काठमाडौं महानगरले जनप्रतिनिधि र कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने घोषणा
काठमाडौं महानगरले जनप्रतिनिधि र कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने घोषणा

Tata
GBIME

काठमाडौं। काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बिहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिलाई साइकल खरिदमा अनुदान दिने र महानगरवासीलाई प्रोत्साहित गर्ने बताए।

'भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल भएको हुँदा प्रयोग गर्न प्रोत्साहन गरिनेछ,' उनले भने 'साइकल खरिद गर्ने महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अनुदान दिइनेछ।‘

साइकल खरिदलाई प्रोत्साहित गर्न लागिएको भए पनि महानगरमा छुट्टै साइकल लेन भने छैन। ललितपुर महानगरपालिकाले साइकल र पर्यावरणमैत्री नगर बनाउने भन्दै साइकल लेन बनाउन सुरु गरेको छ। वातावरणविदहरु यसको प्रशंसा समेत गरेका छन्।

शाक्यले साइकल मैत्री महानगर बनाउने चुनावी घोषणापत्रमा उल्लेख भने गरेका थिए।