BIZMANDU
www.bizmandu.com

एनसेलका ग्राहकले डिजिटल वालेट र खुद्रा बिक्रेताबाट पनि सिधै डेटा र भ्वाइस प्याक किन्न सक्ने

२०७७ असार २

एनसेलका ग्राहकले डिजिटल वालेट र खुद्रा बिक्रेताबाट पनि सिधै डेटा र भ्वाइस प्याक किन्न सक्ने
एनसेलका ग्राहकले डिजिटल वालेट र खुद्रा बिक्रेताबाट पनि सिधै डेटा र भ्वाइस प्याक किन्न सक्ने

काटमाडौं। एनसेलका ग्राहकले अब डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन्। 

Tata
GBIME
Nepal Life

यसका लागि एनसेल प्रालिले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ। साथै आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ।

विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ। अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन्। 

शुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुरु गर्न सक्छन्।

“एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकहरूका आवश्यक्ता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ। डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्,” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, “डिजिटाइजेसन प्रक्रियाअन्तर्गत हाम्रा खुद्रा विक्रेताहरूलाई ग्राहक माझ सिधै सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं।”

ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकताअनुसार प्याकहरु सिधैं खुद्रा विक्रेतामार्फत किन्न सक्नेछन्। 

ग्राहकले नजिकैको खुद्रा विक्रेताबाट आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन्। यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रह बमोजिम एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याक सिधै सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ।

ग्राहकले करसहित ९८.९९ मा २१०० एमबी डेटा किन्न सक्छन्। यो डेटा ग्राहकले प्रत्येकदिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन्। त्यस्तै करसहित ४९८.८३ मा १५००० एमबी लिन सकिन्छ। यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन्।

डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित ९९८.९७ मा ३६००० एमबी लिन सक्छन्। यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन्। प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिने छैन।