BIZMANDU
www.bizmandu.com

प्यारामाउन्टले भन्यो – ‘एमजी गाडी जेठ ७ गतेभित्र जाँचपास गरेका थियौं, पुरानै मूल्यमा दिन्छौं’

२०७७ जेठ २३

प्यारामाउन्टले भन्यो – ‘एमजी गाडी जेठ ७ गतेभित्र जाँचपास गरेका थियौं, पुरानै मूल्यमा दिन्छौं’
प्यारामाउन्टले भन्यो – ‘एमजी गाडी जेठ ७ गतेभित्र जाँचपास गरेका थियौं, पुरानै मूल्यमा दिन्छौं’

Tata
GBIME
Nepal Life

काठमाडौं। एमजी गाडीको नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बजेट अघि आएको विद्युतीय गाडी पुरानै मूल्यमा बिक्री गर्ने जनाएको छ।

‘कोरोनाका कारण समयमा गाडी आउन सकेन। समयमै गाडी नआएकाले जेठ ७ गतेसम्म हामीले जाँचपास गरिसकेका थियौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले केही महिना अगाडि हाम्रा ग्राहकले अग्रिम बुकिङ गरेको आधारमा एलसी खोलेका थियौं। त्यही आधारमा गाडी नेपाल भित्रिन थालेको हो।’

कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एलसी खोले पनि कोरोनाका कारण ढिला गाडी आएको बताउँदै यो अवधिमा छुटेका १ सय २० वटा गाडी बुकिङ गरेका उपभोक्तालाई पुरानै मूल्यमा उपलब्ध गराइने जानकारी दिए। 

कम्पनीका अनुसार कात्तिक २९ गते १५ वटा गाडीको एलसी खोलेको र वैशाख १७ गते भन्सार छुटाइएको थियो। यस्तै कम्पनी गत मंसिर १३ गते ३० वटा गाडी एलसी खोलेको र वैशाख १७ गते छुटाएको दाबी गरेको छ। कम्पनीले पुस ८ गते ७५ वटा गाडीको एलसी खोलेको र जेठ ७ गते जाँचपास भएको जनाएको छ।