BIZMANDU
www.bizmandu.com

कैलालीमा लकडाउन खुकुलो, बिहान ११ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने

२०७७ जेठ २२

कैलालीमा लकडाउन खुकुलो, बिहान ११ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने
कैलालीमा लकडाउन खुकुलो, बिहान ११ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने

Tata
GBIME
Nepal Life

कैलाली। कैलालीमा लकडाउन खुकुलो हुने भएको छ। अब दैनिक बिहान ११ बजेसम्म बजार व्यवसाय सञ्चालन हुने भएको हो।

कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजेसम्म सबै खालका व्यापार व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको हो।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजे सम्म बजार पूर्ण रुपमा सञ्चालन गर्ने मौखिक सहमति भएको बताए।

प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय सञ्चालन गर्ने सहमति गरेको उनले जानकारी दिए। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि मौखिक सहमति भएको बताए।

उद्योग वाणिज्य संघलगायतका निकायसँग बजार सञ्चालन गर्ने सन्दर्भमा मौखिक समझदारी भएको बोहराले बताए।