BIZMANDU
www.bizmandu.com

लकडाउनकै बीच मेगा बैंकको साधारणसभा, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

२०७७ जेठ २१

लकडाउनकै बीच मेगा बैंकको साधारणसभा, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित
लकडाउनकै बीच मेगा बैंकको साधारणसभा, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित


काठमाडौं। लकडाउनकै बीच मेगा बैंक नेपालले विशेष साधारणसभाबाट गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गराएको छ।

Tata
GBIME
Nepal Life

बुधबार काठमाडौंमा भएको विशेष साधारण सभाले मेगाले गण्डकीलाई बराबरी अनुपातमा गाभ्ने प्रस्ताव पारित गरेको हो।

प्राप्तिपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि हुने छ। साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले प्राप्तिपछि बैंकको सञ्जाल ५८ वटा जिल्लामा फैलने जानकारी दिइन।

२७ वटा वाणिज्य बैंकमध्ये मेगा निक्षेपका आधारमा ११औं, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सिइओ खुञ्जेलीले बताइन।

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुने छ। निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ।

यसैगरी, ग्राहक संख्या करिब ११ लाख, शाखा संख्या २०६, एक्सटेन्सन काउन्टर ३०, एटीएम १४२ वटा हुने छ। यता प्राप्तिमा जान लागेको गण्डकीले पनि आजै साधारणसभा गरेर मेगामा विलय हुने प्रस्ताव पारित गरेको छ।