BIZMANDU
www.bizmandu.com

दरबारमार्गका पसल र रेष्टुरेण्टको सरसफाई थालियो, महानगरको स्वीकृतिमा संचालन गरिने

२०७७ जेठ २१


काठमाडौं। दुई महिनादेखि बन्द दरबामार्गका ब्राण्डेड पसलहरु तथा रेष्टुरेन्टहरुको सरसफाई थालिएको छ।
सरसफाई सकिएपछि सम्वन्धित सबै निकायको समन्वयमा आउटलेटहरु पुनः संचालनमा ल्याउने योजना  रहेको दरबारमार्ग विकास बोर्डका प्रोजेक्ट डाइरेक्टर श्री गुरुङले जानकारी दिए।

Tata
GBIME
Nepal Life

'आउटलेट हरु नखुलेको धेरै महिना भइसक्यो। हामीले व्यवसायी साथीहरुलाई सरसफाईका लागि आह्वान गरेका हौँ। यस पछि सबै व्यवसयायी बसेर आधिकारीक धारणा निकाल्छौँ। त्यसपछि जिल्ला प्रशासन तथा महानगरपालिका सँग आफ्नो माग राख्नेछौँ। सम्बन्धित निकायको स्वीकृति लिएरमात्र आउटलेट खोल्नेछौं।' प्रोजेक्ट डाइरेक्टर गुरुङले भने।

बिक्री नभएका सामानहरु बिग्रिएको हुनसक्ने तथा बिद्युतीय समस्या उत्पन्न हुन सक्ने भएकाले अनुगमन सुरु गरिएको उनले बताए। 'सामानमा ढुसी पर्ने, सटरमा पानी चुहिने, मुसाले सामान सँगै विद्युतिय तार काटेको हुनसक्छ। भरे आउटलेट खोल्नासाथ तार सट होला। सुरक्षालाई मध्यनजर गर्दै हामीले सरसफाईको पहल गरेका हौँ।' आउटलेट पुनः संचालनका लागि बोर्डले चरणवद्ध रुपमा प्रक्रिया अपनाउँदै जाने उनले जानकारी दिए।