BIZMANDU
www.bizmandu.com

कर तिर्न सरकारको उर्दीको समुन्द्रपार संघको विरोध, ‘व्यवसायीलाई विचलित बनाउने काम भयो’

२०७७ जेठ २०

कर तिर्न सरकारको उर्दीको समुन्द्रपार संघको विरोध, ‘व्यवसायीलाई विचलित बनाउने काम भयो’
कर तिर्न सरकारको उर्दीको समुन्द्रपार संघको विरोध, ‘व्यवसायीलाई विचलित बनाउने काम भयो’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारले राहत प्याकेज दिनुपर्नेमा उल्टै कर तिर्न दबाब दिएको भन्दै विरोध जनाएको छ। संघले मंगलबार विज्ञप्ति जारी गर्दै कर तिर्न आउन सूचना निकालेर उद्योगी व्यवसायीलाई विचलित बनाएको जनाएको छ।

‘तीन महिनादेखि अत्यावश्यक वस्तुको कारोबार बाहेक अरु सबै आर्थिक कारोबार ठप्प छ। उद्योगी व्यवसायीले बजारबाट पैसा उठाउन सकेका छैनन्,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘ नगद प्रवाहको अभावले कर्मचारीले तलबसम्म दिन सकेका छैनन्। यस्तो बेलामा सरकारले कर तिर्न दबाब दिएर व्यवसायीलाई विचलित बनाउने काम गरेको छ।’

संघले सरकारले लकडाउनको अवधि जेठ ३२ गतेसम्म पुर्‍याउने र अर्कोतिर कर विवरण तथा भुक्तानीका लागि दबाब दिने काम गरेको आरोप लगाएको छ।