BIZMANDU
www.bizmandu.com

जोरपाटीका व्यापारी उत्रिए लकडाउनको विरोधमा, सोधे : बन्दमात्र गरेर कर र भाडा कसरी तिर्ने?

२०७७ जेठ २०

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार लकडाउनले व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरुले जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ।

लकडलाउन भएको ७१ औं दिन मंगलबार अब अति भयो भन्दै व्यापारीहरु स्वस्फुर्त पसल खोल्न उत्रिएका थिए। मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरी पुगेको थियो।

प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दवाव दियो। त्यसपछि व्यापारीहरु त्यसको विरुद्धमा उत्रिए। स्थानीय पुरुषोत्तम घिमिरेले दिएको जानकारी अनुसार पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेका थिए। उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए।

७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न सकेको छैन। आजैमात्र पनि सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको छ। व्यवसायीहरु पनि सरकारको लकडाउन गर्ने र व्यवसायीलाई कुनै पनि राहतका कार्यक्रम नल्याउने रणनीतिबाट आजित भएका छन्। आजै चितवनमा पनि व्यापारीहरुले सरकारको कदमविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए।

'जोरपाटीमा कुनै झडप चाहिँ भएको होइन। उहाँहरुले पसल खोलेपछि हाम्रो टोलीले गएर बन्द गराएको हो,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने।