BIZMANDU
www.bizmandu.com

गैर जनप्रतिनिधि अर्थमन्त्रीको ‘तानाशाही’ निर्णय, ७० दिन थुनेर कर तिर्न भनियो, ब्यापक आलोचना

२०७७ जेठ २०


काठमाडौं। ७० दिनको लकडाउनले सर्वसाधारणलाई हातमुख जोड्नै अप्ठेरो भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले भने आफ्ना कर्मचारी पाल्न भन्दै कर तिर्न उर्दी जारी गरेका छन्।

Tata
GBIME
Nepal Life

लकडाउन खुकुलो बनाउन माग गरिरहेका ब्यवसायीलाई वेवास्ता गर्दै खतिवडाले लकडाउनकै बीच कर तिर्न उर्दी जारी गरेका हुन्। जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको सरकारले जेठ २५ गतेभित्र सबै कर तिर्न भनेको छ। यदि कसैले तिरेन भने कारवाही गर्ने धम्की पनि दिएको छ।

अर्थमन्त्री खतिवडाले कर तिर्न जारी गरेको उर्दीको सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ। सामाजिक सञ्जालमा 'सरकार गुण्डागर्दी शैलीमा उत्रिएको' भन्दै आलोचना भइरहेको छ। कतिपयले सरकार तानाशाही शैलीमा उत्रिएको पनि प्रतिक्रिया ब्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्न जारी भएको उर्दी सन्दर्भमा ट्वीट गरेका छन्। उनले लेखेका छन्- लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ। अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन। बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ। सरकारसँग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस्। लकडाउन खोलौ, कारोबार गरौं, त्यसपछि कर त उठिहाल्छ।

उद्यमी कपिल शिवाकोटी फेसबुकमा आफ्नो आक्रोश पोख्छन्। उनले लेखेका छन्- वा क्या गजब छ हाम्रो सरकार। लकडाउनमा घर भित्रै थुनेर राखेर कसरी कर बुझाउन आइज भन्न मिल्छ ? नभए जरिवाना लाउने रे ? चुपचाप लकडाउन माने भनेर जनतालाई हेप्नी ? अब त सरकारको लकडाउनको खुलेर बिरोध अनि उल्लंघन गरिन्छ। तिमीले मात्र जे पनि गर्न मिल्छ ?

निजी क्षेत्रका कर्मचारी साढे १२ प्रतिशत तलबमा चित्त बुझाउनु परेको छ। सरकारी कर्मचारीको तलब चै घट्नु पर्दैन ? भनेर पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

बजेटमा केही पनि राहत प्याकेज नल्याउने, उल्टो करको बोझ थप्ने अर्थमन्त्रीले यो बेला आएर कर उठाउनु अति नै दादागिरी भएको पनि कतिपयले टिप्पणी गरेका छन्। 

वा क्या गजब छ हाम्राे सरकार…..!!! लकडाउनमा घर भित्रै थुनेर राखेर कसरी कर बुझाउन अाईज भन्न मिल्छ ? नभए जरिवाना लाउने…

Posted by Kapil Shiwakoti on Monday, June 1, 2020