BIZMANDU
www.bizmandu.com

शाओमीले नेपाली बजारमा ल्यायो मी–१० र मी–नोट १० लाइट, अनलाइनबाट बिक्री सुरु गर्दै

२०७७ जेठ १८


काठमाडौं। शाओमीले मी सिरिजका दुई नयाँ स्मार्टफोन सेट नेपाली बजारमा सार्वजनिक गरेको छ। नोट–१० लाइट र मी–१० ल्याएको हो। दुवै स्मार्टफोनको बिक्री अनलाइन स्टोरहरूबाट सुरु गरिने भएको छ।

Tata
GBIME
Nepal Life

दुवै स्मार्टफोनमा अत्याधुनिक सुविधायुक्त शक्तिशाली क्यामेरा र ब्याट्री छ। शानदार फोटो र भिडियो खिच्ने, सेयर गर्ने सुविधासहित ती स्मार्टफोन गेम खेल्न मन पराउनेका लागि उपयोगी छ।

मी–१० मा १०८ मेगापिक्सल क्वाड क्यामेरा सेटअप, फाइभ–जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्रीडी कर्भ्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट वायरलेस चार्जिंङ छ।

मी नोट–१० लाइटमा ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ब्याट्री ५२६० एमएएचको छ। स्मार्टफोनमा अत्याधुनिक सुविधाको खोजी गर्ने उपभोक्ताले मन पराउने कम्पनीले जनाएको छ।
मी–१० मा ३० एफपीएसमा यूएचडी एट–के भिडियो रेकर्डिङ गर्न सकिन्छ। ठूलो ४७८० एमएएच ब्याट्री र ३० वाट फास्ट चार्जर इन-बक्सको साथ आउँछ।

यी दुवै स्मार्टफोन मोबाइल प्रयोगकर्ताका लागि उच्च्तम सुविधासहित ल्याइएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए । ‘शाओमीमा हामी नवीनताका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने र प्रविधिको यथास्थितिमा नवीन परिवर्तन ल्याउनमा विश्वास गर्छौं,’ उनले भने, ‘हामी आज सार्वजनिक भएका यी दुवै स्मार्टफोनहरू उत्कृष्ट विशेषता र सुलभ मूल्य निर्धारणको एक उत्कृष्ट संयोजन हो।’

८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज क्षमताको ट्वीलाइट ग्रे र कोरल ग्रिन गरेर मी–१० दुईवटा कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा यो मोबाइलको मूल्य ८९ हजार ९ सय ९९ रूपैयाँ छ।

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमताको मी–नोट १० लाइट भेरियन्टमा तीन कलर अप्सनहरु छन्। यसमा मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पल छन्। यसको मूल्य ४४ हजार ९ सय ९९ रूपैयाँ छ।

नयाँ दुवै स्मार्टफोनहरु खरिदका लागि अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर दराज डटकम र सस्तो डिलमा छिटै उपलब्ध हुने कम्पनीले जनाएको छ ।