BIZMANDU
www.bizmandu.com

पूर्वअर्थमन्त्री पाण्डेको नजरमा बजेट सान्दर्भिक, ‘पुँजीगत स्रोत जुटाउन यो पटक पनि गाह्रो’

२०७७ जेठ १६

Tata
GBIME
Nepal Life

मानव स्वास्थ्यमा जोखिम ल्याएको कोरोनाको त्रास बीच सान्दर्भिक बजेट छ। कोरोनाकै कारण चालु आर्थिक  वर्षको बजेट असफल भयो। आगामी वर्ष वैदेशिक मुद्रामा असर पर्ने देखिन्छ।

सरकारले केही खर्च कटौती गर्छु भन्ने हिम्मत गरेको छ, यो राम्रो छ। स्वास्थ्य क्षेत्रमा बजेट बढाएको छ। यस्तै स्वास्थ्य सामाग्रीमा कर सहुलियत दिएको छ। खादयान्नका लागि भण्डारन बनाउने भनिएको छ।  

रोजगारीको क्षेत्रमा ४० अर्ब खर्च गर्ने तयारी छ। यो एकद्धारबाट अघि बढाउनु पर्ने हो, तर छरिएर गएको छ। ५० अर्बको कोष बनाऔं भन्ने मेरो प्रस्ताव छ ।

यो रकमलाई बैंकमार्फत स्थानीय तहको सहकार्यबाट अघि बढाउदा राम्रो हुन्छ। 'फेक प्रोजेक्ट'लाई पाखा लगाऔं। साच्चै व्यवसाय गर्न चाहनेका लागि मात्रै यो रकम वितरण गर्नुपर्छ।

चालु खर्चको व्यवस्था गर्न आन्तरिक ऋण लिइने छैन भनिएको छ। यो निकै ठूलो चुनौती हो।

पुँजीगत खर्चमा यो वर्ष पनि समस्या देखा पर्नेछ। ७ प्रतिशत आर्थिक वृद्धिदर कठिन छ। यो हासिल गर्नका लागि डे वानबाट नै काम गर्न आवश्यक छ।

ज्यादै महत्वकांक्षी बजेट छैन। चुनौती छ। अस्पताल बनाउने कुरा चुनौती छ। लकडाउन लम्बिएर जाँदा झन समस्या देखिन सक्छ।

(पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी बजेटबारे सेजनसँगको जुम मिटिङमा ब्यक्त गरेको धारणा)