BIZMANDU
www.bizmandu.com

फेसबुकका सिइओ मार्क जुकरबर्गलाई लकडाउन फाप्यो, दुई महिनामै ३० अर्ब डलर थप्दै विश्वकै तेस्रो धनी

२०७७ जेठ १३


काठमाडौं। कोरोना महामारीका कारण विश्वभरको अर्थब्यवस्था प्रभावित हुँदा फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्तिमा भने  दुई महिनाको अवधिमा ३० अर्ब डलरभन्दा बढी वृद्धि भएको छ।

Tata
GBIME
Nepal Life

ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार मार्चको मध्यतिर जुकरबर्गसँग ५७.५ अर्ब डलर सम्पत्ति भएकोमा हाल उनको सम्पत्ति बढेर ८७.५ अर्ब डलर भएको छ।

जुकरबर्ग अब विश्वकै तेस्रो धनी ब्यक्ति भएका छन्। उनले वारेन बफेटलाई समेत पछि पारेका छन्।

बिगत दुई महिनादेखि जुकरबर्गले कम्पनीलाई नयाँ ढंगले अघि बढाउने योजनामा निकै ब्यस्त रहेका थिए। यस अवधिमा उनले फेसबुकमा धेरै फिचर्सहरु पनि थपे।

जुकरबर्ग फेसबुकले अनलाइन सपिङ फिचर सप्सको समेत सुरुवात गर्‍यो । एक प्रतिवेदन अनुसार सप्सको सुरुवात पछि फेसबुकको सेयरको मूल्य बढेर रेकर्ड राख्दै २३० डलरको उचाइमा समेत पुगेको छ। फेसकुकले आफ्नो फिचरहरु बढाउँदै मेसेन्जर रूममा ग्रुप भिडियो कन्फ्रेन्सिङको सुरुवात गरेको छ।

उनले जुमसँग प्रतिस्पर्धा गर्नका लागि मेसेन्जर रुम्स लञ्च गरे। मेसेन्जर रुम्समा एकैसाथ ५० जनाले कुराकानी गर्न सक्छन्। ह्वाट्स एप तथा इन्स्टाग्रामा रहेकाहरुले पनि मेसेन्जर रुम्सको प्रयोग गर्न सक्ने गरी यसलाई तयार गरिएको छ।

यसमा होस्टको मात्र फेसबुक अकाउन्ट भए पुग्ने तथा अन्यले फेसबुक एकाउन्ट नभए पनि भाग लिन सक्ने भएपछि यो अझ लोकप्रिय हुने विश्वास गरिएको छ।

जुकरबर्गले एक अन्तर्वार्ताका क्रममा वर्क फ्रम होमबाट फेसबुकका कर्मचारीहरुमाथि सकारात्मक प्रभाव परेको बताएका थिए। उनले कर्मचारीले अफिसभन्दा घरमा बसेर राम्रो पर्फरमेन्स दिइरहेको बताएका थिए।