BIZMANDU
www.bizmandu.com

मास्क बढी मूल्यमा बेच्ने वीर अस्पताल छेउको फार्मेसीलाई २ लाख जरिवाना, उजुरी सुनुवाई तुरुन्तै

२०७७ जेठ १२

मास्क बढी मूल्यमा बेच्ने वीर अस्पताल छेउको फार्मेसीलाई २ लाख जरिवाना, उजुरी सुनुवाई तुरुन्तै
मास्क बढी मूल्यमा बेच्ने वीर अस्पताल छेउको फार्मेसीलाई २ लाख जरिवाना, उजुरी सुनुवाई तुरुन्तै

Tata
GBIME
Nepal Life

काठमाडौं। केएन-९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएपछि वीर अस्पताल अगाडिको एउटा फार्मेसी जरिवानाको कारवाहीमा परेको छ।  वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा  आइतबार पवित्र प्रोगेस फार्मेसीलाइ २ लाख रूपैयाँ जरिवाना गरेको हो।

उक्त फार्मेसीले बढी मूल्यमा मास्क बेचेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलापको कसुरमा जरिवानाको कारवाही गरिएको विभागले जनाएको हो। 

यसअघि विभागको टोलीले बैशाख २५ गते गरेको अनुगमनमा ७ वटा व्यापारिक फर्मलाई कारवाही गरेको थियो। उक्त दिन ६ लाख ५५ हजार जरिवाना गरिएको थियो। कालोबजारी गर्नेविरुद्ध उजुरी गरे तुरुन्त अनुगमन गरेर कारबाही गरिने विभागले जनाएको छ।

उपभोक्ता हित विपरीतका गतिविधि गर्नेविरुद्धको उजुरी विभागले फोन, फेसबुक पेज, ट्वीटर, इमो, भाइबर र आफ्नो वेबसाइटमा दर्ता गर्ने गरेको छ। निर्धारित मूल्यभन्दा बढी असुल्ने र कृत्रिम अभाव सिर्जना गरि ग्राहकबाट अनधिकृत असुली गरेका गुनासा माथि अनुगमनसँगै कारबाही तीव्र पारिएको विभागले जनाएको छ।

उजुरीकर्ताको परिचय गोप्य राखेर गुनासा सुनुवाइ गरिँदै आएको जनाएको विभागले राजधानी र बाहिरबाट आउने उजुरीमा आफ्ना कार्यालयहरू मार्फत बजार अनुगमनका लागि टोली परिचालन गर्दै आएको छ।