BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकजस्तै आरबीआइले पनि ब्याज तिर्ने समय थप गर्‍यो, ब्याज दर कटौती भने तरलताबाट

२०७७ जेठ ९

राष्ट्र बैंकजस्तै आरबीआइले पनि ब्याज तिर्ने समय थप गर्‍यो, ब्याज दर कटौती भने तरलताबाट
राष्ट्र बैंकजस्तै आरबीआइले पनि ब्याज तिर्ने समय थप गर्‍यो, ब्याज दर कटौती भने तरलताबाट


नयाँदिल्ली। रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले ग्राहकलाई राहत दिन ऋणको ब्याज घटाउने नीतिगत निर्णय गरेको छ। गभर्नर शक्तिकान्त दासले पत्रकार सम्मेलन गर्दै ठूलो राहत दिन खोजिएको बताए।

Tata
GBIME
Nepal Life

उनले ऋणको ब्याज तिर्ने समय अगस्ट महिनासम्म पुर्‍याइदिएका छन्। साथै रिपो रेट ०.४ प्रतिशत बिन्दुले घटाइएको छ। यो निर्णयले साधारण ऋणको ब्याज सस्तो पर्छ भने अगस्ट महिनासम्म पैसा तिर्नु पर्दैन। निक्षेपकर्ताको ब्याज पनि घट्ने भएको छ। ऋणीलाई राहत दिँदा करोडौं निक्षेपकर्ताको ब्याज घट्ने अनुमान त्यहाँका सञ्चार माध्यमले गरेका छन्।

आरबीआइले रिभर्स रिपो रेट ३.७५ प्रतिशतबाट घटाएर ३.३५ प्रतिशतमा झारेको छ। गभर्नर दासले मूल्यवृद्धि दर ४ प्रतिशतभन्दा तल राख्ने प्रयास भइरहेको समेत बताए। तैपनि लकडाउनका कारण केही वस्तुको मूल्य भने बढ्ने उनले बताए।

भारत सरकारले अहिलेसम्म रातह प्याकेज ल्याए पनि ऋण तिर्ने समयका बारेमा भने निर्णय गरेको थिएन। नेपालमा भने विगत दुई महिनादेखि यस्तो अभ्यास सुरु भइसकेकोछ । नेपालले चैत र बैशाखको ब्याज तिर्ने समय असारसम्म पुर्‍याएको छ।

भारत सरकारले तरलता प्रवाह गरेर ब्याज घटाउने रणनीति लिएको छ भने नेपालले भने निर्देशन दिएर सोझै घटाउन भनेको छ। आरबीआइले ब्याज छुट कसलाई दिने भन्ने जिम्मा बैंकहरुलाई दिएको छ। नेपालमा भने राष्ट्र बैंक आफैले क्षेत्र तोकेको छ।

गभर्नर दासले चालु वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने समेत बताए। उनले मूल्यवृद्धिमा भने निरन्तर दबाब परिरहेको समेत जानकारी दिए। आरबीआइले आफूले ल्याएको राहत प्याकेजको घोषणा शुक्रबार बिहान पत्रकार सम्मेलनबाट गरेको हो। राहत प्याकेजले कसलाई कस्तो फाइदा पुग्छ भनेर त्यहाँका गभर्नरले पत्रकारको प्रत्येक जिज्ञासाको उत्तर दिएका थिए।