BIZMANDU
www.bizmandu.com

फेसबुकले सुरु गर्‍यो ‘भर्चुअल’ सपिङ मल, खुद्रा पसलेलाई अनलाइनबाट बेच्न मिल्ने सुविधा

२०७७ जेठ ७


सनफ्रान्सिस्को। लकडाउनले पसल खोल्न नसकेका साना तथा मझौला व्यवसायीका लागि इन्टरनेटमा सामाजिक सञ्जाल कम्पनी फेसबुकले  सित्तैमा अनलाइन स्टोर बनाउने र सामान बेच्ने सुविधा दिने भएको छ।

Tata
GBIME
Nepal Life

कोरोना भाइरसका कारण संसारभर खाद्य आपूर्ति व्यवस्था प्रभावित भएपछि फेसबुकले यस्तो सुविधा सित्तै दिन लागेको हो।

त्यसो त फेसबुकले सामानका बिज्ञापन गर्ने, ग्राहक बनाउने र खरिदकर्ताले सम्पर्क गर्नसक्ने प्लेटफर्म बनाएकै छ। सोसल नेटवर्क पेज बनाएर फेसबुक र इन्स्टाग्रामबाट आफ्ना उत्पादनको बजार प्रवर्द्धन गर्दा शुल्क लिने गरेको छ।

यसमै अब फेसबुकले फेसबुक बिज्ञापनका माध्यमबाट ग्राहकलाई कारोबारीहरूले अनलाइन पसलसम्म ल्याउन पाउने सुविधा थपेको हो। यो सिस्टममा सोसल नेटवर्कभन्दा बाहिर पनि वेबसाइटमा राखिएका सामानमा ग्राहक एकै क्लिकमा पुग्न, हेर्न र अर्डर गर्न सक्छन्।

कोरोना भाइरसका कारण व्यापारमा संकट झेलिरहेका व्यवसायीलाई ध्यानमा राख्दै यो सुविधा ल्याइएको फेसबुकले जनाएको छ। फेसबुकका उत्पादन व्यवस्थापन निर्देशक जर्ज लीले भनेका छन्- अनलाइन पसल खोल्न पाउने यो सुविधा सितैं दिइएको छ। कारोबारीले सोसल नेटवर्क र इन्स्टाग्राममा अनलाइन पसल सितैं बनाउन सक्छन्।

व्यवसायीले फेसबुकको यो सुविधाको मद्दतले फेसबुक र इन्स्टाग्राममा सजिलै पसल बनाउन सक्छन्। त्यसको 'लुक' लाई 'कस्टमाइज' गर्न सक्छन्। आफूले बेच्ने वस्तुलाई देखाउन सक्छन्। निर्देशक लीले भने- 'यो कदमको मुख्य उद्देश्य साना र मझौला स्तरका कारोबारीहरूलाई अनलाइन 'मार्केट प्लेस' मा ल्याउनका लागि हो र  कोरोना भाइरसको महामारीको अवस्थामा उनीहरूलाई व्यवसायलाई निरन्तरता दिन सघाउनका लागि हो।'

महाव्याधिको बड्दो असरसँगै संसारभर खुद्रा कारोबार नराम्ररी प्रभावित भएको छ। पछिल्लो तीन महिनायता संसारभर खुद्रा कारोबार गर्ने पसलहरू बन्द हुँदा आपूर्ति व्यवस्था प्रभावित भएको छ। .

अमेरिकामा मात्रै ३ करोड ५० लाख मान्छे नोकरी गुमाएर बेरोजगार भएका छन्। इन्स्टाग्रामको शपिङ प्रोडक्ट प्रमुख लाइला अमजदीले भनेकी छन्- 'हामी आशा गर्छौ की हाम्रो इ-कमर्स सल्युसनले व्यवसाय गर्नेलाई मात्रै नभइ यसमा कामकाज गर्नेलाई मद्दत गर्नेछ। भविष्यमा पनि धेरै लाभ कमाउन बाटो खुल्नेछ। ग्राहकहरूका आनीबानी र छनोटको व्यवहार बुझ्न व्यवसायीलाई सहयोग पुग्नेछ।'