BIZMANDU
www.bizmandu.com

क्लासिक टेकले कर्मचारीको कोरोना बीमा गर्यो, विषम परिस्थितीमा कर्मचारीको मनोबल बढ्ने

२०७७ जेठ ५


काठमाडौं। इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले कर्मचारीहरुको कोरोना बीमा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले इन्टरनेट सेवा प्रवाह गर्न निरन्तर काममा खटिएका कर्मचारीको मनोबल बढाउन कोरोना बीमा गरिदिएको जनाएको छ।

लकडाउनको समयमा पनि काममा खटिएका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह दिलाउन यस्तो निर्णय गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार कोरोना महामारीको विषम परिस्थितीमा इन्टरनेट सेवा निरन्तर प्रवाह गर्नकालागि कर्मचारीहरु हाल पिपिई तथा सुरक्षा सामाग्री प्रयोग गरी निरन्तर काम गरिरहेका छन्।