काठमाडौं। सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि पहिलो स्थान (१ नम्बर) मा रहन सफल भएको छ।
यो बीचमा रेडमी, साओमी लगायतका अन्य प्रतिष्पर्धी मोबाइलहरु सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा पछि देखिएका छन्।
सामसङ कम्पनीले यो अवधिमा विश्वभरमा ६० लाखभन्दा बढी ए ५१ मोबाइल बिक्री भएको जनाएको छ।
एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्ट फोनले मोबाइलको विश्व बजारमा २.३ प्रतिशत बजार हिस्सा ओगटेको छ। यो अध्ययनले रेडमी दोस्रो स्थानमा रहेको देखाएको छ।
अध्ययन अनुसार रेडमीको बजार हिस्सा १.९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ। जसको बजार हिस्सा १.७ प्रतिशत छ। अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेमडी नोट ८ रहेको देखाएको छ। यी दुवैको बजार हिस्सा १.६ प्रतिशत छ।