BIZMANDU
www.bizmandu.com

लकडाउनको मोडल बदल्ने उच्चस्तरीय समितिको निर्णय, अड्किएकालाई जापान र हङकङ जान दिने

२०७७ जेठ २

काठमाडौं । सरकारले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी बदल्ने भएको छ। कोरना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितको शुक्रवारको बैठकले लकडानको समीक्षा गर्दै मोडालिटी बदल्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

समितका सदस्य सचिव तथा प्रवक्ता नारायण बिडारीले विज्ञहरुसँग लकडाउनका बारेमा समीक्षा गरेको बताए।

'चिकित्सा क्षेत्रका विज्ञ विशषज्ञसँग छलफलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सल्लाह लिने काम भयो,' उनले भने। विज्ञको सल्लाहका आधारमा नागरिकको जनजीवनलाई सहज बनाउने गरी लकडाउनबारे निर्णय हुने बिडारीको भनाई छ। अब कोरोनाका जोखिम क्षेत्र छुट्याएर त्यही अनुसारको लकडाउन गर्ने सरकरको तयारी छ।

'अहिले भइरहेको मोडालिटीमा केही सेक्टरका आधारमा तय गरेर लागू गर्ने भन्ने भएको छ,' उनले भने।

लकडाउनका कारण रोकिएका ६ सय जनालाई जापान जान दिने समितिले निर्णय गरेको छ। लकडाउनले नेपालमै रोकिएका हङकङका नागरिकलाई पनि स्वदेश जान दिने निर्णय गरेको छ। वैशाख २५ गते सरकारले जेठ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो। उद्योग खुल्ला गर्ने निर्णय पनि सरकारले गरेको थियो। तर, पछिल्लो दिनमा लकडान उल्लंघन गर्ने बढेपछि सरकारले कडाई गर्ने निर्णय गरेको हो।