BIZMANDU
www.bizmandu.com

दुई दिन खुलेको सेयर बजार ‘अनिश्चितकालीन’ बन्द, ‘कोरोना संक्रमणले त्राहित्राहि बनायो’ भन्दै बन्द

२०७७ जेठ १

दुई दिन खुलेको सेयर बजार ‘अनिश्चितकालीन’ बन्द, ‘कोरोना संक्रमणले त्राहित्राहि बनायो’ भन्दै बन्द
दुई दिन खुलेको सेयर बजार ‘अनिश्चितकालीन’ बन्द, ‘कोरोना संक्रमणले त्राहित्राहि बनायो’ भन्दै बन्द


काठमाडौं। लकडाउनपनि निरन्तर बन्द रहेको सेयर बजार दुई दिन खुलेपछि फेरि अनिश्चितकालका लागि बन्द गरिएको छ। धितोपत्र बोर्डले अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि सेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

झन्डै डेढ महिना बन्द भएपछि सेयर बजार गत मंगलबार र बुधबार सञ्चालन भएको थियो। दुई नै दिन बजार ओरालो  लागेको थियो।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोरोनाको संक्रमण अझ बढेपछि कारोबार बन्द गर्ने निर्णय गर्नु परेको बताए। 'बीचमा नियन्त्रणमा आएकाले खोलिएको हो। अहिले फेरि त्राहित्राहि बनायो,' उनले बिजमाण्डूसँग भने, 'त्यही भएर अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिएका हौं।'

आजैबाट कारोबार बन्द भएको छ। नेप्सेले दुई दिन बजार सञ्चालन गर्दा केही सर्तहरु राखेको थियो। एक तिहाइ कर्मचारीबाट कारोबार सञ्चालन गर्न निर्देशन दिएको थियो। लगानीकर्तालाई पासको पनि ब्यवस्था गरिएको थियो।

यसले भिडभाड बढेपछि बोर्डले कारोबार बन्द गर्ने निर्णय गरेको हो। दुई दिन कारोबार सञ्चालन हुँदा बजार करिब ५० अंकले ओर्लिएर १२०१ अंकमा आइसकेको थियो।