BIZMANDU
www.bizmandu.com

एनसेलले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा ल्यायो मोबाइल क्लास डेटा प्याक, अध्ययनमा सघाउने

२०७७ बैशाख ३१

एनसेलले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा ल्यायो मोबाइल क्लास डेटा प्याक, अध्ययनमा सघाउने
एनसेलले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा ल्यायो मोबाइल क्लास डेटा प्याक, अध्ययनमा सघाउने


Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर विद्यार्थीका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ। यो सहकार्यपछि कक्षाकोठाबाट टाढा भएका विद्यार्थीले समेत अनलाइनबाट अध्ययन गर्न पाउने कम्पनीको दाबी छ।

अनलाइन शिक्षाका लागि एनसेलले १६ जिबी डेटा भोलुम प्याक बुधबारबाट कार्यान्वयनमा ल्याएको छ। विद्यार्थीले करसहित १ सय ९१ रुपैयाँ ५४ पैसाको प्याकबाट सेवा लिन सक्नेछन्। यो सात दिनसम्म रहनेछ। 

विद्यार्थीहरुले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विद्यार्थीले ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्ने र  भने २ जिबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफ्लिक्स  र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार प्याकको प्रमुख विशेषतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा छ। विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समूहमा बसेर अध्ययन गर्न सक्ने कम्पनीले जनाएको छ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा इडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक लिनसक्ने कम्पनीले जनाएको छ। एनसेलको आफ्नै एपबाट पनि यो प्याक लिन सकिने विज्ञप्तिमा उल्लेख छ।