BIZMANDU
www.bizmandu.com

राजमार्गको होटल खोल्न अनुमति, स्थानीय तहको अनुमतिमा प्रत्येक ५० किलोमिटरमा मात्रै खोल्न पाइने

२०७७ बैशाख २४

राजमार्गको होटल खोल्न अनुमति, स्थानीय तहको अनुमतिमा प्रत्येक ५० किलोमिटरमा मात्रै खोल्न पाइने
राजमार्गको होटल खोल्न अनुमति, स्थानीय तहको अनुमतिमा प्रत्येक ५० किलोमिटरमा मात्रै खोल्न पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले राजमार्गका होटल तथा रेस्टुरेन्ट खोल्न अनुमति दिएको छ। राजमार्गमा गुड्ने ढुवानीका सवारी चालकका लागि खाना/खाजाका लागि होटल सञ्चालन गर्न सरकारले अनुमति दिएको हो।

बुधबार बसेको मन्त्रिपरिषदको निर्णयबाट राजमार्गको होटल खोल्ने निर्णय गरेको हो। स्थानीय तहको अनुमतिमा ५० किलोमिटर दुरीमा होटल खोल्न पाइनेछ। यी होटलहरुले खाना/खाजाको प्याकेट मात्र बिक्री गर्न पाउने उल्लेख छ। यसरी होटल खोल्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र होटल सञ्चालन गरिनु पर्नेछ।  राजमार्गमा गुड्ने सवारी तोकिएको स्थानमै रोक्नुपर्नेछ।

 वैशाख २६ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै राजमार्गमा ४४ प्रकारका उद्योगका मालबाहक सवारी गुड्नेछन्। यी सवारीका चालक र सहचालकका लागि सरकारले राजमार्गको होटल सञ्चालन गर्ने निर्णय गरेको हो।