BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकसँग एफवान सफ्टको समझदारी, एप्स इबिएल टच २४ मा नयाँ सुविधा थपियो

२०७७ बैशाख २४

एभरेष्ट बैंकसँग एफवान सफ्टको समझदारी, एप्स इबिएल टच २४ मा नयाँ सुविधा थपियो
एभरेष्ट बैंकसँग एफवान सफ्टको समझदारी, एप्स इबिएल टच २४ मा नयाँ सुविधा थपियो


काठमाडौं। एभरेष्ट बैंक र  एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएल टच २४ मा नयाँ सुविधा थपिएका छन्। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दरकुमार नेगी र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्। 

यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको विज्ञप्तिमा उल्लेख छ।  बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ। ग्राहकहरुले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्न सक्ने छन्। 

साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी पनि गर्न सकिने छ। ग्राहकहरुको सहजता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। बैंकको ११ लाखभन्दा बढी ग्राहक छन्।