BIZMANDU
www.bizmandu.com

कोरोनाको आर्थिक संकट टाल्न मुद्रा कोषले बनायो सल्लाहकार समूह, रघुराम राजन सदस्य मनोनित

२०७६ चैत्र २९

कोरोनाको आर्थिक संकट टाल्न मुद्रा कोषले बनायो सल्लाहकार समूह, रघुराम राजन सदस्य मनोनित
कोरोनाको आर्थिक संकट टाल्न मुद्रा कोषले बनायो सल्लाहकार समूह, रघुराम राजन सदस्य मनोनित


वाशिङ्टन। २००८ मा आर्थिक मन्दी आउँछ भनेर अगाडि नै घोषणा गरेका अर्थशास्त्री डा. रघुराम राजन फेरि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा आबद्ध भएका छन्।

Tata
GBIME
Nepal Life

मुद्रा कोषको प्रमुख अर्थशास्त्री नियुक्त भएपछि उनले सन् २००८ मा विश्व आर्थिक मन्दी आउने विश्लेषण गरेका थिए। मुद्रा कोषले अहिले उनलाई वाह्य सल्लाहकार समूहको सदस्यमा मनोनित गरेको छ।

राजन भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) का पूर्व गभर्नरसमेत हुन्। अहिले उनी अमेरिकाको एक विश्वविद्यालयमा पढाउँछन्।

मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जार्जिवाले वाह्य सल्लाहकार समुहको सदस्यमा मनोनित गरेकी हुन्। यसमा अन्य ११ अर्थशास्त्रीहरु पनि आबद्ध छन्।

यो समूहले कोरोना भाइरस महामारीका कारण उत्पन्न भएको संकटलाई लिएर उठाउनु पर्ने कदमका बारेमा मुद्रा कोषलाई सल्लाह दिने छ। खासगरी सन्सारभरका देशहरुले के कस्तो रणनीति बनाउनु पर्ने छ भनेर पनि यो समूहले सुझाव दिने छ। कार्यान्वयन भने मुद्रा कोषले गर्ने छ।

राजनले आवश्यक परेमा भारतको आर्थिक क्षेत्रमा काम गर्न आफू तयार रहेको बताएका छन्। त्यहाँको समाचार एजेन्सीसँग कुराकानी गर्दै 'मेरो लायक केही काम भए आफू आएर गर्न तयार छु' उनले भनेका छन्।