BIZMANDU
www.bizmandu.com

३० अर्बको विकास ऋणपत्र निष्कासन, ब्याज बोलकबोलबाट तय हुने, सर्वसाधारणले पनि किन्न पाउने

२०७६ चैत्र २७


काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको विकास ऋणपत्र निष्कासन गरेको छ। सरकारले १९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक उठाउने भएकाले त्यसै अनुसार राष्ट्र बैंकले विकास ऋणपत्र निष्कासन गरेको हो।

Tata
GBIME

पाँच वर्षमा परिपक्व हुने विकास ऋणपत्र जारी गरेको हो। बोलकबोल माध्यमबाट ब्याज निर्धारण हुन्छ। 

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ क्षेत्र, बीमा कम्पनी, संगठित क्षेत्र र सर्वसाधारणले पनि खरिद गर्न पाउने छन्। यो ऋणपत्र धितो राखेर ऋण लिन दिन पनि सकिन्छ। ब्याज भुक्तानी भने अर्ध-वार्षिक रूपमा हुने छ।

३० अर्बमध्ये २५ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धीका लागि छुट्याएको छ। बाँकी ४ अर्ब ५० करोड अप्रतिस्पर्धीका लागि छुट्याइएको छ। कम्तिमा ५० हजार रुपैयाँका लागि आवेदन दिनु पर्नेछ।