काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि संचालित कोषमा हालसम्म २ अर्ब ३२ करोड १२ लाख २२ हजार रुपैयाँ जम्मा भएको छ।
नेपाल सरकारले स्थापना गरेको 'कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा उपचार कोष' कोषमा आइतवारसम्म २ अर्ब ३२ करोड १२ लाख २२ हजार रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।
कोषमा सबैभन्दा धेरै नेपाल आयल निगमले ५० करोड रकम जम्मा गरेको छ। नेपाल दुरसंचार प्राधिकरणले १५ करोड त्यस्तै १२ करोड रुपैयाँ नेपाल दुरसंचार कम्पनी लिमिटेडले जम्मा गरेको छ।
एन सीएल प्रालि काठमाडौंले १० करोड, राष्ट्रिय विमा समितिले ५ करोड, र स्टक एक्सचेन्ज लिमिटेडले ३ करोड ५१ लाख रुपैंया जम्मा गरेका थिए। भने कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्डले तीन/तीन करोड रुपैयाँ जम्मा गरेका हुन्। नागरिक लगानी कोषले २ करोड रुपैयाँ सहयोग बापत उपलब्ध गराएका छन्।
त्यस्तै राष्ट्रिय विमा कम्पनी लिमिटेड १ करोड ६५ लाख, एनएम बि बैंकले १ करोड ५१ लाख र राष्ट्रिय वाणिज्य बैंकबाट १ करोड ५० लाख रुपैयाँ उपलब्ध भएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ।
त्यस्तै १ करोड भन्दा माथिको रकम जम्मा गर्नेमा हिमालय बैंक लिमिटेड,कृषी विकास बैंक ग्लोबल आइएमी बैंक र नेपाल राष्ट्र बैंक कर्मचारी रहेका छन्। साथै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु बैंक पनि रहेका छन्।
कार्यलयको अपडेट अनुसार नेपाल इन्भेष्टमेट बैंक लिमिटेड, भाटभटेनी सुपर मार्केट, निर्माण व्यवसायी संघराष्ट्रिय विमा संस्थान र एन. इ. वि. एल् (नर्भिक अस्पताल) ले एक एक करोड रुपैयाँ जम्मा गरिसकेका छन्।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन्।