BIZMANDU
www.bizmandu.com

लकडाउनमा थप कडाई, एक स्थानीय तहदेखि अर्को स्थानीय तहको आवागमन पनि नियन्त्रण

२०७६ चैत्र २२

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाको संक्रमण बढेपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि जान नपाउने गरि कडाई गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना लकडाउनलाई पूर्ण पालना गराउनेतर्फ सबै निकायले प्रभावकारी काम गर्नुपर्ने निर्णय भएको बताए।

‘एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्लामा जाने आवागमन र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रित गर्ने निर्णय भएको छ,’ उनले मन्त्रिपरिषद्को निर्णय जानकारी गराउँदै भने, ‘अस्वभाविक रुपमा हुने आवागमनलाई हुन नदिन प्रदेश र स्थानीय तहले प्रभावकारी रुपमा काम गर्ने गरि अघि बढ्ने निर्णय भएको छ।’