BIZMANDU
www.bizmandu.com

लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई केयर कार्यक्रम, मर्मतमा कुनै समस्या आए सहायता दिने

२०७६ चैत्र २२

लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई केयर कार्यक्रम, मर्मतमा कुनै समस्या आए सहायता दिने
लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई केयर कार्यक्रम, मर्मतमा कुनै समस्या आए सहायता दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। हुन्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुन्डाई केयर कार्यक्रम ल्याएको छ।

कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटलाई मध्यनजर गर्दै कम्पनीले यो कार्यक्रम ल्याएको हो। कम्पनीले यो कठिन समयमा हुन्डाई गाडी मर्मतमा कुनै समस्या आएमा सहायता दिने जनाएको छ।

कार्य्रकमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र वार्षिक मर्मत सम्झौंता सेवाहरू समावेश गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना ग्राहकको स्वास्थ्यलाई प्राथमिकता दिएको जनाउँदै कुनैपनि सम्भाविता असुविधा कम गर्न प्रतिवद्ध रहेको जनाएको छ।