BIZMANDU
www.bizmandu.com

भाटभटेनीले भन्यो-‘ओम्नी समूहसँग कुनै साइनो छैन, भाडामा बस्ने कम्पनीलाई जोडेर मानमर्दन गरियो’

२०७६ चैत्र २१

Tata
GBIME
Nepal Life

काठमाडौं। भाटभटेनी समूहले स्वास्थ्य उपकरण खरीदमा तानिएको ओम्नी समूहसँग कुनै साइनो नरहेको भन्दै अनर्गल प्रचार गरेकोमा आपत्ति जनाएको छ।

 ‘अहिले विवादमा रहेको कंपनी ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ। भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं।‘

विज्ञप्तिमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार आफ्नो संस्थालाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना भएको उल्लेख गरेको छ। भाटभटेनीले कोरोना नियन्त्रण कोषमा एक करोड आर्थिक सहयोग गरिसकेको छ। कम्पनीले प्रत्येक प्रदेशलाई २५ लाख रुपैयाँ दिने तयारी गरेको जनाएको छ।