BIZMANDU
www.bizmandu.com

एनसेलले सरकारी निर्णयलाई साथ दिँदै शुल्क घटायो, डेटा सेवा २५ प्रतिशत सस्तो

२०७६ चैत्र २०

एनसेलले सरकारी निर्णयलाई साथ दिँदै शुल्क घटायो, डेटा सेवा २५ प्रतिशत सस्तो
एनसेलले सरकारी निर्णयलाई साथ दिँदै शुल्क घटायो, डेटा सेवा २५ प्रतिशत सस्तो

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेलले सरकारी निर्णय कार्यान्वयन गर्दै बिहीबारदेखि लागू हुनेगरि डेटा सेवामा 'पे एज यु गो' को शुल्क २५ प्रतिशत घटाएको छ। लकडाउनको अवधिभर एनसेलका ग्राहकले सुलभ दरमा डेटा प्रयोग गर्न पाउनेछन्।

एनसेलले आफ्नो करबाहेक  २ रुपैयाँ प्रति एमबी रहेको शुल्क १ रुपैयाँ ५० पैसा प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहने कम्पनीले जनाएको छ। कम्पनीले डेटामा बोनस समेत दिएकोले यो ८० प्रतिशतसम्म कम भएको दाबी गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ । कम्पनीका अनुसार 'पे एज यु गो' मा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन्।

‘ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कम्पनीका अनुसार जब ग्राहकले आफ्नो ब्यालेन्सबाट  २, ५, १०, २०,  ३० रुपैयाँ वा यो भन्दा थप  १० का दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा बोनस डेटा पाउनेछन्। शुरुमा १० रुपैयाँ डेटामा खर्च गरेपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०/२० एमबी डेटा बोनस पाउने छन् ।

ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एमबी डेटामा खर्च गर्छन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ। ग्राहकले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ७३ एमबी डेटा पाउने कम्पनीले जनायो।

कम्पनीका अनुसार यदि ग्राहकले मेन ब्यालेन्सको सय रुपैयाँ डेटामा खर्च गर्छन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् ।