BIZMANDU
www.bizmandu.com

कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग, सात प्रदेशलाई ७/७ लाखका दरले वितरण

२०७६ चैत्र १७

कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग, सात प्रदेशलाई ७/७ लाखका दरले वितरण
कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग, सात प्रदेशलाई ७/७ लाखका दरले वितरण


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

Tata
GBIME
Nepal Life

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाखका दरले आर्थिक सहयोग गरेको हो। 

सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। 

महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए। 

बैंकले अहिले लकडाउनका बेलामा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।