BIZMANDU
www.bizmandu.com

एक महिनाको स्कुल फि तिर्नु नपर्ने, घरभाडामा पनि छुट, विद्युत र इन्टरनेट शुल्कमा पनि सरकारको राहत

२०७६ चैत्र १६


काठमाडौं। विद्युत, इन्टरनेटसहित निजी विद्यालयको मासिक शुल्कमा पनि छुट हुने भएको छ। कोरोनाका कारण अर्थतन्त्र र सर्वसाधारण जीवनलाई समेत समस्या पर्न थालेपछि सरकारले आइतबार राहत प्याकेज घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

अब चामल दाल तेलमा १० प्रतिशत छुट पाइने छ। साथै विद्युतमा २५ प्रतिशत छुट उपलब्ध हुने छ। यो १५० युनिटसम्मलाई हो।

निजी स्कुलले पनि एक महिनाको शुल्क लिन नपाउने भएका छन्। अब अभिभावकले चैत महिनाको शुल्क तिर्नु पर्दैन। घरबेटीले पनि घरभाडा छुट दिनु पर्ने छ।