BIZMANDU
www.bizmandu.com

कोरोनाले विदेश जान नपाएकालाई पनि सहुलियत ऋण, अनलाइनको बैंकिङको पासवर्ड अब फोनबाटै

२०७६ चैत्र १६


काठमाडौं। राष्ट्र बैंकले बैदेशिक रोजगारमा जाने अनुमति लिएर जान नपाएकालाई पनि सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिइ उद्योग ब्यवसाय सञ्चालन गर्न ऋण दिने ब्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

यस्तो ऋण निवेदन दिएको सात दिनभित्र पाइने छ।

विद्युतीय कारोबारलाई पनि सहजीकरण गरिएको छ। अनलाइनबाट कारोबारका लागि सर्भिस इनेबल गर्ने, पासवर्ड रिसेट, पीन रिसेट, अथेन्टिकेसन, भेरिफिकेसन, कार्ड रिन्युजस्ता अनलाइन कारोबार गर्न आवश्यक पर्ने कामका लागि टेलिफोन तथा इमेलबाट प्राप्त अनुरोधका आधारमा एक्टिभ गरिदिन पनि निर्देशन दिइएको छ।आगामी असार मसान्तसम्म यस्तो सुविधा दिए बापत कुनै शुल्क लिन पाइने छैन।

बैंक तथा वित्तीय संस्थाहरुले संघ, प्रदेशमा स्थापना भएका कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम सीएसआरमा गणना गर्न पाउने भएका छन्।

कोभिड-१९ को उपचारलाई समेत सहयोग पुग्नेगरी सेवा बिस्तार र स्तरोन्नति गर्न चाहने निजी स्वास्थ्य प्रदायक संस्थाहरुलाई प्रवाह गरिने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत गणना गर्न पाइने भएको छ।

स्वास्थ्यउपचार सम्बन्धि बस्तु तथा उपकरणहरु, औषधि, खाद्यान्न लगायत अत्यावश्यकीय मालवस्तु पैठारी तथा बिक्री वितरण गर्न सहज बनाउने प्रायोजनका लागि कर्जाको माग भएमा पाँच दिनभित्र उपलब्ध गराउनु पर्ने छ।