BIZMANDU
www.bizmandu.com

यातायात व्यवसायीले सरकारसँग राखे बैंक ब्याज स्थगनको माग, ‘सवारी चलेपछि मात्रै किस्ता तिर्ने’

२०७६ चैत्र १६

यातायात व्यवसायीले सरकारसँग राखे बैंक ब्याज स्थगनको माग, ‘सवारी चलेपछि मात्रै किस्ता तिर्ने’
यातायात व्यवसायीले सरकारसँग राखे बैंक ब्याज स्थगनको माग, ‘सवारी चलेपछि मात्रै किस्ता तिर्ने’

Tata
GBIME
Nepal Life

 काठमाडौं । यातायात व्यवसायीहरुले गाडी संचालन नहुन्जेलसम्म बैंक किस्ता स्थगन गरिदिन सरकारसँग आग्रह गरेका छन्।

यातायात व्यवसायी महासंघको प्रतिनिधीले आईतबार अर्थ सचिव शिशिरकुमार ढुङगानालाई भेटेर किस्ता स्थगन गरिदिन आग्रह गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए। उनका अनुसार सार्वजनिक सवारीसाधन खरीद गर्दा व्यवसायीहरुले विभिन्न बैक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता बुझाउन नसक्ने अवस्था सृजना भएको  छ।

महासंघका अनुसार गाडी नचल्दा मासिक किस्ता तिर्न नसकेर ब्याज बढ्दै गएर कालोसूचीमा पर्ने सम्भावना हुन्छ। उनले यातायात बन्द भएको अवधिको किस्ता नतिर्ने व्यवस्था गर्न माग गरे। उनले सेवा संचालनमा आएपछि मात्रै बैंकको किस्ता तिर्ने व्यवस्था गरिदिन आग्रह गरे।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न चैत ११ गतेदेखि पुरै देश लकडाउन गरिएको छ। अत्यावश्यक बाहेकका सबै सेवा रोकिएको छ। अत्यावश्यक बाहेकका सबै खालका सवारीसाधन संचालनमा समेत रोक लगाईएको छ।