BIZMANDU
www.bizmandu.com

लकडाउनको मौका छोप्दै सडक विभागले बाटोमा मार्किङको काम थाल्यो, ‘पहिलेभन्दा राम्रो काम’

२०७६ चैत्र १६

लकडाउनको मौका छोप्दै सडक विभागले बाटोमा मार्किङको काम थाल्यो, ‘पहिलेभन्दा राम्रो काम’
लकडाउनको मौका छोप्दै सडक विभागले बाटोमा मार्किङको काम थाल्यो, ‘पहिलेभन्दा राम्रो काम’

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनको सदुपयोग गर्दै सडक विभागले काठमाडौंका विभिन्न सडकमा मार्किङको काम सुरु गरेको छ।

विभागले भर्खरै ‘ओभर-ले’ गरिएका सडकमा शनिवारबाट मार्किङ सुरु गरेको हो। विभागको एउटा टोलीले महाराजगंज क्षेत्रबाट  सेन्ट्रल लाइन र जेब्रा क्रसिङ बनाएर काम सुरु गरेको हो।

कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै थोरै जनशक्ति मात्रै प्रयोग गरेर काम सुरु गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए। 

उनका अनुसार, ३/४ जना कामदारबाट सामाजिक दुरी कायम राखेर काम गराइएको हो। 

‘अरु बेला सवारी चाप धेरै हुन्थ्यो। हामीलाई काम गर्न गाह्रो पर्थ्यो,‘ नेपालीले भने, ‘राती काम गरिन्थ्यो। लाइटिङको समस्या थियो। अनुगमन गर्न पनि कठिन थियो।‘ 

नेपालीका अनुसार अहिले सडक खाली रहेका कारण मार्किङको काम गर्न सजिलो भएको छ भने अरु समयमा गरिएको भन्दा राम्रो समेत भएको छ।

जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर काम गरिएको सडक डिभिजन काठमाडौले जनाएको छ। ‘ठुलो संख्यामा  काम गर्ने भन्ने होइन तर सानो टिमले आजभोलि काम गर्छन्,’ नेपालीले भने ‘खाली भएका कारण काम गर्न सजिलो भएको छ। समय समेत खेर गएको छैन।‘

आइतबार धुम्बाराही,थापाथली लगायतका स्थानहरु हेरे मार्किङ गर्ने योजना डिभिजनको छ। सेन्ट्रल लाइन तान्ने र जेब्राक्रसिङ बनाउने काम मात्रै भइरहेको छ अब दायाँबायाँ पेन्टिङ समेत हुनेछ। कामदारलाई काउन्सिलिङ गरेर सतर्कता अपनाँउदै काम गरिएको नेपालीले दाबी गरे।