BIZMANDU
www.bizmandu.com

एनसेल रिचार्ज गर्दा १२० प्रतिशत बोनस पाइने, बोनस रकम तीन दिनलाई मान्य हुने

२०७६ चैत्र १४

एनसेल रिचार्ज गर्दा १२० प्रतिशत बोनस पाइने, बोनस रकम तीन दिनलाई मान्य हुने
एनसेल रिचार्ज गर्दा १२० प्रतिशत बोनस पाइने, बोनस रकम तीन दिनलाई मान्य हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेलले सबै ग्राहकलाई विहिबारदेखि लागु हुने गरि प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ।

एनसेलले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसंचारको पहुँचमा कुनै कठिनाई नहोस् भन्ने उदेश्यले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्। रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्ने सक्ने जनाइएको छ। उदाहरणका लागि यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप  ६० रुपैयाँ पाउँछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६ सय रुपैयाँ पाउनेछन्। बोनस रकम तीन दिन सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ।

एनसेलले बुधबार निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सात दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र दुई सय रुपैयाँ सम्म एनसेल सापटी लिन सकिने व्यवस्था गरेको थियो।