BIZMANDU
www.bizmandu.com

कोभिडसँग लड्न विशाल समूहले हात बढायो, एक करोड रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

२०७६ चैत्र १३

कोभिडसँग लड्न विशाल समूहले हात बढायो, एक करोड रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै
कोभिडसँग लड्न विशाल समूहले हात बढायो, एक करोड रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जोखिमलाई कम गर्न विशाल ग्रुपअन्तर्गतको भीजी फाउण्डेसनले एक करोड रुपैयाँ बराबरको राहात सामाग्री सहयोग गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

भीजी फाउन्डेसनले एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्तासँग सहकार्य गरिरहेको जारी प्रेस विज्ञप्तीमा छ।

'यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ, फाउण्डेशनले जारी प्रेस विज्ञप्तीमा छ।'

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहरु वितरण गरेको थियो ।

हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिने विश्वास फाउण्डेशनले लिएको छ । साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमप्रति पनि समूहले समर्थन गरेको छ। सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन सबैको सुरक्षाका लागि भएको भन्दै मिलेर यसको पालना गर्न पनि फाउण्डेशनले आग्रह गरेको छ।

यो विषम परिस्थितिमा भीजी फाउन्डेसन आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध रहेको र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्दै जाने प्रतिवद्धता पनि फाउण्डेशनले गरेको छ।