BIZMANDU
www.bizmandu.com

नेपाल मेडिकल शिक्षण अस्पतालमा यस्तो छ कोभिड-१९ विरुद्धको तयारी, स्वाब नमुना लिएर टेकु


Tata
GBIME

जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले छुट्टै कक्ष स्थापना गरी कोराना भाइरस (कोभिड-१९)का सम्भावित बिरामीको जाँच शुरु गरेका छ। तीन दिनअघि देखि शुरु गरिएको कक्षमा कोभिड-१९ का सम्भावित बिरामीहरुको ज्वरो जाँच गरिन्छ।

उच्च ज्वरो आएका अथवा कोभिड-१९ को कुनै पनि लक्षण देखिएका बिरामीलाई सोही कक्षमा जाँच गरिन्छ। स्वास्थ्यकर्मीहरुले अस्पतालमा आउने जोकोहीको पनि ज्वरो लगायतका जाँच गर्ने गरेका छन्। कम ज्वरो भएकालाई सामान्य उपचारको लागि र उच्च ज्वरो भएकालाई आइसोलेसनमा पठाउने गरिएको डा समीर थापाले बताए। आइसोलेसनमा बिरामीको स्वाब नमुना लिएर जाँचको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइन्छ।

स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आए टेकुबाट रेस्क्यु टोली आउँछ अन्यथा बिरामीको सामान्य तवरबाट उपचार गरिन्छ। 

त्यस्तै, स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि विशेष सावधानी समेत अपनाइएको छ। स्वास्थ्यकर्मीहरुले विशेष पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को प्रयोग गरी बिरामीको जाँच गर्नेछन्।