BIZMANDU
www.bizmandu.com

कोरोनाको औषधि मगाउँदा गरिने भुक्तानीमा राष्ट्र बैंकको सहजीकरण, टीटी ३० हजारबाट एक लाख डलर

२०७६ चैत्र १२

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले स्वास्थय सेवासँग सम्बन्धित उपकरण/औषधि आयातका लागि टीटी/ट्राफ्टको सीमा बढाइ दिएको छ।

बुधबार निर्देशन परिमार्जन गर्दै राष्ट्र बैंकले सीमा बढाएको हो। यसअघि यस्तो सीमा ३० हजार डलरसम्मको थियो। अब एक लाख डलरसम्म पुर्याइ दिएको हो।

स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड-१९ सँग सम्बन्धित औषधिजन्य सामाग्री तथा स्वास्थ्य उपकरणहरुको आइातको हकमा एक लाख डलरसम्मको ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सकिने निर्देशनमा उल्लेख छ। 

साथै एक लाख डलरभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वाीकृति माग्न गएमा राष्ट्र बैंकले उपलब्ध गराउने भएको छ।

प्रतितपत्रको धरौटी रकम लिन नपर्ने ब्यवस्था गरेको छ। यसअघि १० प्रतशित धरौटी राख्नु पर्ने ब्यवस्था थियो।