BIZMANDU
www.bizmandu.com

भन्सारको चेक क्लियरिङ गर्ने ब्यवस्था मिलाउन बैंकलाई  निर्देशन, यस्तो छ राष्ट्र बैंकको सर्कुलर

२०७६ चैत्र १२


काठमाडौं। नेपाल राष्ट्र बैंकले भन्सारबाट आउने चेकको क्लियरिङ गर्ने ब्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। यसो हुँदा भन्सारका लागि काटिने चेक साट्ने ब्यवस्थाका लागि सम्बन्धि स्थानमा रहेका बैंकका शाखा खुल्नु पर्ने हुन्छ।

Tata
GBIME

चेक क्लियरिङका लागि नेपाल क्लियरिङ हाउस पनि नियमित सञ्चालन हुनु पर्ने छ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई गर्नु पर्ने रिपोर्टिङ परिस्थिति सामान्य भइ कार्यालय नियमित रुपमा खुलेको सात दिनभित्र गर्नु पर्ने छ।

लकडाउनको निर्णयपछि राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै अत्याबश्यक बस्तुहरुको आपुर्तीलाई सुनिश्चितता प्रदान गर्न ट्राफ्ट, टीटी प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने ब्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

बैंकर्स संघसँगको छलफलपछि राष्ट्र बैंकले लक डाउनभरका लागि के के गर्ने भन्ने बारे निर्देशन जारी गरेको हो। लक डाउनले सामान्य अवस्थामा जस्तो बैंकिङ सेवा दिन नसकिने भएपछि सहजीकरणका लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो।