BIZMANDU
www.bizmandu.com

कोविड नियन्त्रणका लागि लक्ष्मी समूहले दियो एक करोड, ज्वरो क्लिनिक सञ्चालनका लागि पनि सहयोग

२०७६ चैत्र १२

कोविड नियन्त्रणका लागि लक्ष्मी समूहले दियो एक करोड, ज्वरो क्लिनिक सञ्चालनका लागि पनि सहयोग
कोविड नियन्त्रणका लागि लक्ष्मी समूहले दियो एक करोड, ज्वरो क्लिनिक सञ्चालनका लागि पनि सहयोग


काठमाडौं । देशको अग्रणी कर्पोरेट हाउस लक्ष्मी ग्रुपले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

सहयोग रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितको उपचारका लागि उपयोग हुने विश्वास समूहले लिएको छ। समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले संकटको समयमा राज्यलाई बलियो बनाउन सहयोग घोषणा गरेको बताए।

'विश्वव्यापी रुपमा आएको संकटले हामीलाई समेत छोइसकेको छ। यस्तो अवस्थामा निजी क्षेत्रले सरकारलाई बलियो बनाएर संकटबाट मुक्ति पाउन सहयोग गर्नुपर्छ भन्ने उदेश्यले यो सहयोग गरेका हौं' उनले बिजमाण्डूसँग भने, 'कोरोना संक्रमणबाट नियन्त्रण र प्रभावितको उपचारमा केही भएपनि सहयोग पुग्ने हामीले विश्वास लिएका छौं।'

त्यसैगरी लक्ष्मी समूहले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगका लागि फिभर क्लिनिक स्थापनाका लागि पनि पहल सुरु गरेको छ। यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी समूहले आर्थिक सहयोग उपल्बध गराउने छ भने हेल्थ एट होम कार्यान्वयन साझेदारको रुपमा काम गर्ने समूहले जारी प्रेस विज्ञप्तिमा छ।

फिभर क्लिनिक मार्फत पछिल्ला १४ दिनमा विदेशबाट नेपाल फर्किएकाको परीक्षण गरिनेछ। त्यसैगरी कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएकाको पनि त्यहाँ परिक्षण गरिने कम्पनीले जानकारी दिएको छ। कोविडको सम्भावित लक्षणहरु जस्तै ज्वरो वा ज्वरो बिना रुघा, खोकी लागेका व्याक्तिलाई पनि फिभर क्लिनिकमा जाँच गर्न सकिनेछ। त्यसैगरी संक्रमित भएँ भनेर चिन्तित तर कुनै पनि प्रकारको लक्षण नदेखिएकाको पनि फिभर क्लिनिकमा परीक्षण गरिनेछ।

फिभर किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गरिने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ।

जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ। अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको र त्यसबाट कोविडको व्यवस्थापन र रोक्थाममा महत्त्वपूर्ण भूमिका खेलेको जानकारी पनि कम्पनीले दिएको छ।

लक्ष्मी ग्रुपले परोपकारी उद्देश्यहरुलाई सहयोग पुग्ने गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका जानकारी पनि दिएको छ। ग्रुपले २०१५ को भूकम्पमा नेपाल रेड क्रस, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टरलाई सहयोग गर्नुका साथै चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर पोखरामा लिफ्ट निर्माण गरेको छ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण नेपालीलाई आफनो-आफनो क्षेत्रबाट सहयोग गर्न पनि अपिल गरेको छ।