BIZMANDU
www.bizmandu.com

सरकारको कोरोना नियन्त्रण कोषमा धितोपत्र बोर्डको ५० लाख, सबै निकायलाई जम्मा गर्न अपिल

२०७६ चैत्र ११


काठमाडौं। धितोपत्र बोर्डले सरकारले बनाएको “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

Tata
GBIME

विश्वव्यापी महामारीको रुपमा द्रुतगतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा त्यसको रोकथाम एवं नियन्त्रणका लागि सरकारले कोष बनाएको छ।

बोर्डले सरकारी कोषमा पैसा जम्मा गर्न सरोकारवालाई पनि आग्रह गरेको छ।

बोर्डले पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सरकारी खातामा पैसा जम्मा गरिदिन भनेको हो।