BIZMANDU
www.bizmandu.com

स्कुल बन्दमा पनि विद्यार्थीले घरमै बसेर पढ्न पाउने, इसेवा र मिडासले मिलायो ब्यबस्था

२०७६ चैत्र १०


काठमाडौं। भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनले विद्यार्थीहरूलाई घरमै अध्ययन गर्न सकिने व्यवस्था गरेको छ ।

Tata
GBIME
Nepal Life

सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क श्रव्य दृष्य मार्फत अध्ययन गर्न मिल्ने व्यवस्था इसेवाले मिलाएको हो।

अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने हुन्छ । एप्लिकेसन अर्डरमा क्लिक गरेपछि मागिएको कोड राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ ।

यस एपबाट नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्ने इ सेवाले जनाएको छ।

मिडासले विगत एक दशकदेखि नर्सरीदेखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईलमार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको बिज्ञप्ती मार्फत इसेवाले जनाएको छ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको बिज्ञप्तीमा जनाइएको छ। इसेवाका अनुसार ति बैंकहरुबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।