BIZMANDU
www.bizmandu.com

बालाजी सिमेन्टले मास्क र स्यानिटाइजर बाँड्यो, नागरिक सुरक्षित बनाउने उदेश्य

२०७६ चैत्र १०

Tata
GBIME
Nepal Life

काठमाडौं। बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्टले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क र स्यानिटाइजर वितरण गरेको छ। उद्योगले एभरेष्ट प्यारेन्टरल्सको सहकार्यमा यो सामान वितरण गरेको हो।

'हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भइरहेको अवस्था यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनि मास्क र स्यानिटाइजर वितरण गरेर सुरक्षित बनाउने उदेश्य राखेका हौं', उद्योगका प्रवन्ध निर्देशक गौरव गाडियाले भने।

कपिलवस्तुमा रहेको यो उद्योगबाट दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्छ।